दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालीका १ को वडा कार्यालयमा तालाबन्दी

कर्णालीदृष्टी संवाददाता ८ पुष २०७८, बिहीबार ०८:१६

दैलेख – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल सरकारको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगार जनताले नपाएको भन्दै तालाबन्दी गरिएको हो ।

सबै बेरोजगार जनताका लागी बेरोजगार भत्ता कार्यक्रम आएको तर चामुण्डा बिन्द्रासैनी नगरपालिका रोजगार शाखा तथा वडा जनप्रतिनिधिले आफ्नालाइ मात्र दिएको र अरु जनताले रोजगार नपाएको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।

सो गुनासो वडा अध्यक्ष समक्ष पटक पटक राख्दा पनि सुनुवाइ नहुदा तेस्का विरुद्ध बुधबार वडा कार्यलयमा तालाबन्दी गरिएको स्थानिय पवन तामाङले बताउनुभएको छ ।

Next Post

सल्यानमा हत्या आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ

८ पुष २०७८, बिहीबार ०८:१६
सल्यान । सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको छ । गत मंसिर २० गते दार्मा गाउँपालिका–२ पाजाखोलामा ७० वर्षीय टेकबहादुर खत्री मृत अवस्थामा भेटिएका थिए । प्रहरीले वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री […]