आजदेखि आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम सुरु गर्ने

कर्णाली दृष्टि संवादाता २५ फाल्गुन २०७७, मंगलवार ०७:३६

काठमाडौं :निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ ।हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ ।

दुई पार्टीबीच एकतापछि मोरङका पूर्वएमालेका कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भइरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

यो मुद्दामा सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला गरेपछि एकीकरणअघिका एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । सर्वोच्चको फैसलासँगै नेताहरु एकीकरण अघिकै अवस्थामा फर्किएका छन् ।

Next Post

दैलेखमा चार सन्तानसहित कर्णालीमा हाम फालिन् आमा :दुईको मृत्यु तीन बेपत्ता

२५ फाल्गुन २०७७, मंगलवार ०७:३६
दैलेख :दैलेखकोआठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सिरता बडुवालको शव अछाम पञ्चदेववल […]