रोल्पा – पहिरोसँगै खसेको ढुङ्गा लागेर रोल्पामा आमा–छोरीको मृत्यू भएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको मृत्यू भएका हो ।
मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुङ्गा लागेर लड्दा आमा–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताए ।
ढुङ्गा लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो । यसैगरी विवाह भोज खाएर फर्कने क्रममा लडेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको मृत्यू भएको छ ।