सुर्खेतमा दोस्रो संस्करणको कर्णाली उत्सव सुुरु

चक्र प्रसाद पोख्रेल २६ फाल्गुन २०७७, बुधबार २०:४९

सुर्खेत :कर्णाली उत्सव दोस्रो संस्करण आजबा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा कर्णालीलाई चिन्ने,चिनाउने गरी बुधबारदेखि ऋति फाउण्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वयमा कर्णालीको विविधता, भेषभुषा, भाषा, मौलिक संस्कृति, विकास, पूर्वाधारका बारेमा बहस गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभ्यता, संस्कार, हिजोको समाजिक परिवेश के थियो र पुर्खाले के गरेका थिए भनेर अहिलेको नयाँ पुस्ताले भुल्दै गएकाले यस्तो खालको बहस हुन आवश्यक रहेको बताए । कर्णालीको भाषा, संस्कृति, रीतिरिवाज र इतिहास थाहा नपाएर वर्तमानमा रमाए जीवन नै पूर्ण नहुने उनले तर्क थियो । सरकारले यस्ता बहसलाई आउँदा दिनमा सरकारले पनि निरन्तरता दिने उल्लेख गरे ।

 

उत्सवको पहिलो दिन बुधवार विभिन्न विषयमा बहस सुरु गरिएको छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्त्वका बारेमा बोल्दै उपयुक्त नीति निर्माण गर्न सरोकारवालासँग छलफल, बहस र पैरवीको आवश्यक रहेको बताए । उनले कर्णाली उत्सवले जनसमुदायका विकास निर्माणका मुद्दालाई बहसको माध्यमबाट प्रदेशको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सुर्खेत उद्योग वाणिज्य सङ्घकी सदस्य सिया कार्कीले व्यवसायमा बहसको सुरुवात गर्दै कर्णालीमा उद्योग, व्यवसायको सम्भावना भए पनि त्यही खालको लगानी हुन नसकेको बताइन । उनले कर्णालीमा उद्योग क्षेत्रमा लगानी गर्न र समग्र विकासका लागि निजी क्षेत्र सधैँ तयार रहेको पनि जानकारी दिए।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले खुला छलफल र पत्रकारिताका बारेमा बोल्दै कर्णालीको पत्रकारिता आत्मनिर्भरमा हिँडिरहेको बताए । पत्रकारितामा सक्रिय अभ्यास गरिरहेको र दिनहुँ यहाँको पत्रकारिता परिपक्व बन्दै गइरहेको धारणा राखे। उनले प्रदेश सरकारले प्रेसका लागि ठोस योजना ल्याउन नसकेको पनि बताए ।

शनिबारसम्म सञ्चालन हुने उत्सवमा विभिन्न विधामा १४ वटा सेसन राखिएका छन् । कार्यक्रममा बिहीवार कर्णालीसँग सम्बन्धित छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आम्नै बान्की, कहरी शुकालो होला, कइले जाला कठै ?हाट जान्या, भोट जान्या शीर्षकमा छलफल हुनेछन् ।

Next Post

प्रदेश सरकार र बादी समुदायबीच पाँच बुँदे सहमति :आन्दोलन स्थगित

२६ फाल्गुन २०७७, बुधबार २०:४९
  सुर्खेत :दुई हप्तादेखि भूमि र आवासको माग गर्दै आएका बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका बादी समुदायसँग बुधवार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो […]