
सुर्खेत | नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले दरले वृद्धि गरेको छ ।
निगमले गय राती १२ बजे बाट लागु हुने गरि डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँका दरले वृद्धि हुने निर्णय गरेको हो ।
इन्डियन आयल कर्पोरेसन बाट जनवरी १६ मा प्राप्त खरिद मुल्य अनुसार इन्धन को मुल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायको भनाइ छ।
मुल्य समायोजन गरेपश्चात अब पेट्रोलको खुद्रा बिक्रि मूल्य प्रतिलिटर १ सय १० र डिजेल/मट्टितेलको मुल्य ९३ रुपैयाँ हुनेछ, भने हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै रहेको उनले बताए ।


