दैलेखको भगवतीमाई ३ मा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु ।।

कर्णालीदृष्टी संवाददाता २१ आश्विन २०७८, बिहीबार १६:५७

दैलेख । दैलेखकोे भगवतीमाई गाउँपालिका–३ मेतलपाटामा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको माहान चाड बडा दशै तथा शुभ दीपावलीको अवसर पारि गाउपालीका स्थित वडा नं. ३ को महादेव माध्यमिक विद्यालयको प्राङ्गणमा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको खेलकुद विकास समितिका संयोजक पदम बहादुर खड्काले जानकारी दिनुभयो ।

खेलकुद विकास समिति भगवतीमाई ३ को आयोजना तथा समन्वयमा सूरु भएको प्रतियोगितामा बिभीन्न ११ वटा समुह दर्ता भएका छन् । प्रतियोगिताबाट प्रथम हुने समुहले नगद रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितामा दृतीय स्थान हासील गर्ने समुहले १७ हजार रुपैयाँ र तृतीय स्थान हासील गर्ने समुहलाई १० हजार रुपैयाँ नगद परस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई रु २ हजार पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

यसअघी वडामा खेलकुदका कार्यक्रम प्राय कमै हुने गरे पनि यसपाली भने खेलकुद विकास समितिले पहल गर्दा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सन्चालन गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

Next Post

आज बडादशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा ।।

२१ आश्विन २०७८, बिहीबार १६:५७
काठमाण्डौ । नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । […]