माओवादी केन्द्रले आफ्ना मन्ञीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन

कर्णाली दृष्टि संवादाता २९ फाल्गुन २०७७, शनिबार १०:४१

काठमाडौं :नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।

Next Post

प्रिमियर लिग : म्यानचेस्टर सिटीको शानदार जित

२९ फाल्गुन २०७७, शनिबार १०:४१
काठमाडौं :इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै सिटीको ७१ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । यस्तै गएराति […]