काठमाडौं उपत्यकामा २९ गतेसम्म लम्बियो निषेधाज्ञा

 पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने

कर्णाली दृष्टि संवादाता २१ बैशाख २०७८, मंगलवार १७:३८


काठमाडौं :काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ ।काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिएकाछन ।

बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ । यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ ।

बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् । बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ ।

सडकमा चहलपहल धेरै रहेकाले अत्यावश्यकबाहेकका सवारीको जाँच तथा कारबाहीलाई थप कडा गर्ने निर्णय पनि भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । उपत्यकामा यसअघि गएको १६ गते जारी भएको निषेधाज्ञा बुधवार (भोलि) राति सकिँदैछ । बिहीवार (पर्सि) देखि नयाँ मापदण्डसहितको निषेधाज्ञा लागू हुने छ ।

Next Post

जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले दियो आममाफी

२१ बैशाख २०७८, मंगलवार १७:३८
काठमाडौं : कतार सरकारले जेल सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी दिएको छ ।रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित […]