प्रिमियर लिग : म्यानचेस्टर सिटीको शानदार जित

कर्णाली दृष्टि संवादाता १ चैत्र २०७७, आईतवार ०७:१५


काठमाडौं :इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै सिटीको ७१ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ ।

यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रुमलाई १-० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।

Next Post

नेपाल समूहको समानान्तर कमिटी बनेसँगै एमाले फुटको संघारमा

१ चैत्र २०७७, आईतवार ०७:१५
काठमाडौँ :सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ […]