पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण

कर्णालीदृष्टी संवाददाता १ माघ २०७८, शनिबार ०६:४९

काठमाण्डाै – नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ पुगेको छ । गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ ।

योसहित नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा ३ सय ६ जना निको भएका छन् । गएको २४ घण्टामा ३ लाख २० हजार २ सय ७६ जनाले कोरोनाको खोप लगाएका छन् ।

योसहित नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ पुगेको छ । जसमध्ये १ करोड ५६ लाख ६ हजार २१ जनाले एकमात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले दुई मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Next Post

दैलेखमा भरुवा बन्दुक सहित एक पक्राउ

१ माघ २०७८, शनिबार ०६:४९
दैलेख । दैलेखमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । प्रहरीले नौमूले गाउँपालिका वडा नंं. २ धनीगाउँका २७ बर्षीय नबिन शाहीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नौमूलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले शाहीलाई बन्दुक सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका […]