नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कर्णालीदृष्टी संवाददाता २९ मंसिर २०७८, बुधबार ०६:४०

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।  मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो ।

यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित हुनुभएको थियो ।  देउवाले २ हजार ७३३ मत ल्याउनुभयो। यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याउनुभयो भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।

सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिंदा दोस्रो चरणमा देउवाको सहज जित भएको हो ।

Next Post

२४ घण्टामा दुई सय ६४ जनामा काेराेना पुष्टि, दुई लाख ३६ हजार जनाले खोप लगाए

२९ मंसिर २०७८, बुधबार ०६:४०
काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार सात सय नौ जनाको नमुना परीक्षण गर्दा दुई सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय […]