मानव बेचबिखन तथा ओसार पसार मुद्धामा एक महिला पुर्पक्षका लागी कारागार चलान

कर्णालीदृष्टी संवाददाता ९ मंसिर २०७८, बिहीबार ०७:२१

दैलेख । मानव बेचबिखन तथा ओसार पसार मुद्धामा जिल्ला प्रहरी कार्यालय दैलेखले एक जनालाई पुर्पक्षका लागी कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा शोभाकुमारी बोहरा रहेको प्रहरीले जनाएको छ । मानव वेचबिखन तथा ओसारपसार मूद्धामा अनुसन्धान कार्य सम्पन्न भई सरकारी वकिल कार्यालय दैलेखमार्फत जिल्ला अदालत दैलेखमा पेश गरिएको थियो ।

यही २०७८ साल मंसिर ७ गते (मंगलबार) थुनछेक बहस सम्पन्न भई बोहोरालाई पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Next Post

जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा

९ मंसिर २०७८, बिहीबार ०७:२१
काठमाडौं । नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन ३१ अर्ब ९२ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३ औँ बैठक सम्पन्न भएको छ । बुधबार सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास (टिम युरोप इनिसिएटभ) मार्फत फिनल्यान्ड, फ्रान्स […]