शैक्षिक सिकाई गुणस्तर सुधार हुन सकेनः अध्यक्ष शाही ।।

कर्णालीदृष्टी संवाददाता १९ आश्विन २०७८, मंगलवार २०:३६

दैलेख । महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले विद्यालयको संख्या बढे जति शैक्षिक सिकाई गुणस्तर सुधार हुन नसकेको बताएका छन ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखले आज गैंडाबाजमा आयोजना गरेको अन्तरराष्ट्रिय शिक्षक दिवस कार्यक्रममा उनले यस्तो बिचार राखेका हुन ।

अध्यक्ष शाहीले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले प्रयाप्त बजेट परिचालन गरेको र त्यस अनुसार विद्यार्थीहरुको सिकाई स्तर सुधार गर्न सबै शिक्षकहरु इमान्दार भएर लाग्नुपर्ने सुझाव दिएका छन ।

अन्तरराष्ट्रिय शिक्षक दिवस कार्यक्रमको अवसरमा सेवा निबृत शिक्षकहरु सिंहबहादुर बोगटी, अम्मरबहादुर थापा र जयन्ती मावि खरिगैराकी प्रधानाध्यापक सरिता गुरुङ्गलाई खादा र टीका लगाएर गाउँपालिका अध्यक्ष शाहीले सम्मान गरेका छन ।

सम्मान ग्रहण गरेपछि पूर्वशिक्षक सिंहबहादुर बोकटीले शिक्षक समाज परिवर्तनका बाहक भएको तर पछिल्लो समय केही शिक्षकहरु आफैमा व्यवहार सुधार गर्न नसकेको कारण सबै शिक्षकहरुको सम्मान हराएको टिप्पणी गरे ।

जयन्ती मावि खरिगैराकी प्रधानाध्यापक सरिता गुरुङ्गले शिक्षकहरुलाई वर्तमान समय अनुसार सूचना प्रविधिको सीप विकास गर्न तालिमको जरुरी रहेको औल्याईन ।

Next Post

साढे ३३ किलो सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय ।।

१९ आश्विन २०७८, मंगलवार २०:३६
काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय भएको छ ।  जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् […]