कोरोनाबाट ज्यान गुमाएका कर्णालीका दुई सय ८६ परिवारलाई राहत उपलब्ध

कर्णालीदृष्टी संवाददाता ७ कार्तिक २०७८, आईतवार ०७:३७

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभरी कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरुप एक लाख रुपैया उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णलीमा हालसम्म सरकारले दुई सय ८६ जनाका परिवारलाई एक लाखका दरले राहत स्वरुप उपलब्ध गराएको हो ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा एक लाख उपलब्ध गराउने निर्णय गरेको थियो । हालसम्म दुई सय ८६ जनाको परिवारलाई उपलब्ध गराएको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो ।

उहाका अनुसार अहिलेसम्म एक लाखका दरले दुई करोड ८६ लाख रुपैयाँ वितरण गरिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका तीन सय ८४ जनाको मुत्यु भएको छ ।

Next Post

बाके राष्ट्रिय निकुञ्जमा बाघ नियन्त्रणमा आउन सकेन ।।

७ कार्तिक २०७८, आईतवार ०७:३७
बाके । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि […]