दैलेख । नेपाली कांग्रेस दैलेखको जिल्ला पार्टी सभापतिमा मणीराम रेग्मी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १४ औ महनधीबेशन अन्र्तरगत दैलेखको जिल्ला कार्यसमिती चयनका लागी हिजो शनीबार मतादान भएको थियो ।
हिजै साझदेखी सूरु भएको मतगणनाको आज सार्वजनीक गरिएको अन्तीम परिणाम अनुसार सस्थापन ईतर (पौडेल) समुहबाट सभापतिका उम्मेद्वार बनेका रेग्मी ७ सय ९१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।
यस्तै सस्थापन (शेरबहादूर देउवा) समुहबाट सभापतिका उम्मेद्वार बनेका नेता घनश्याम भण्डारीले ७ सय ५४ मत प्राप्त गर्नुभएको छ । नयाँ कार्यसमिति चयनका हिजो भएको निर्वाचनमा कुल १ हजार ५ सय ९४ मध्ये १ हजार ५ सय ५९ मत खसेको थियो ।
यस्तै निर्वाचनबाट उप सभापतिमा नवराज शाही ७ सय ४१ मत र रिता कुमारी शाही ७ सय ५८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उप सभापतिका प्रत्यासी गणेश कुमार शाहीले ६८० मत प्राप्त गर्नुभयो भने देवेन्द्र बहादुर शाही (राजकुमार) ले ९६ मत प्राप्त गर्नुभयो ।
जिल्ला कार्यसमितीको सचिवमा खेमराज वली र नारायण प्रसाद रेग्मी समान ७ सय ७६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । सचिवका प्रत्यासी रत्न बहादुर शाहीले ७२८ मत प्राप्त गर्दा हेमशंकर शर्मा अधिकारीले ६ सय ३६ मत प्राप्त गर्नुभएको थियो ।
उप–सचिवमा कनक बहादुर सेन ठकुरी ७ सय ५३ मत र महेन्द्र बहादूर शाही (चट्टान) ७ सय १० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उप–सचिव पदका प्रत्यासी ईश्वर कुमार थापाले ६३८ मत प्राप्त गर्दा धिरेन्द्र सापकोटाले ६७१ र बिद्याप्रसाद शर्माले १०४ मत प्राप्त गर्नुभएको छ ।
यसैबिच प्रदेश महाधीबेशन प्रतिनीधिमा बिमल विक्रम शाही ७ सय ७३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाका प्रतिसपर्धी रामप्रसाद रिजालले ६८६ मत पाउनुभयो । केन्द्रीय महाधीबेशन प्रतिनिधीमा भने नर बहादूर खड्का ७ सय ७६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाका प्रतिसपर्धी रण बहादूर कार्कीले ६७६ मत प्राप्त गर्नुभएको थियो ।