अरिङ्गालको टोकाइबाट दैलेखको ठाँटीकाँधमा एक जनाको मृत्यु

अन्तिम दाहसंस्कार आज सुर्खेतमा  हुने

कर्णालीदृष्टी संवाददाता ९ आश्विन २०७८, शनिबार ०९:२०

सुर्खेत –  दैलेखको ठाँटीकाँध​ गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ ।

ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको वडा अध्यक्ष पंख बहादुर शाहीले जानकारी दिए ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए ।

शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । मृतक देवबहादुर को अन्तिम संस्कार शनिवार आज सुर्खेतको भेरीमा  अन्तिम दाहसंस्कार  हुने पारिवारीक स्रोत जनाएको छ ।

Next Post

नेपाली कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु ।।

९ आश्विन २०७८, शनिबार ०९:२०
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ भएको छ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु […]