सुदूरपश्चिम र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

कर्णाली दृष्टि संवादाता २० बैशाख २०७८, सोमबार १९:०४

काठमाडौं :गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरुलाई मन्त्रिपरिषदको सिफारिश राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

Next Post

पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना संक्रमण,५५ जनाको मृत्यु

२० बैशाख २०७८, सोमबार १९:०४
काठमाडौं :पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार