दैलेखका २ हजार ६० जनाको नाम नामावलीबाट हटाईयो

कर्णालीदृष्टी संवाददाता २८ फाल्गुन २०७८, शनिबार ०८:१८

दैलेख । मतदाता नामावलीमा नाम भएका तर हाल मृत्यू भैसकेका दैलेखका दुई हजार ६० जनाको नाम नामावलीबाट हटाईएकोे छ ।

स्थानीय पञ्जीकाधीकारीबाट प्राप्त विवरण बमोजीम दैलेखका ११ वटै पालीकाहरुबाट गरि कुल २ हजार ६० जनाको नामावलीबाट(नाम) हटाईएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

जसअनुसार जिल्लाको आठबिस नगरपालीकाका ७६, गुराँस गाउपालीकाका १७१, नौमुले गाउपालीकाका २ सय ५७, नारायण नगरपालीकाका २ सय ३० र दुल्लु नगरपालीकाका ३ सय ३६ जना मतदाता नामावलीमा नाम भएका तर हाल मृत्यू भईसकेका व्यक्तीहरुको नाम हटाईएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

यस्तै महाबू गाउपालीकाका २ सय ८६, भगवतीमाई गाउपालीकाका ४६, भैरवी गाउपालीकाका १ सय ३२, ठाटीकाँध गाउपालीकाका १ सय ६, डुङ्गेश्वर गाउपालीकाका ६१ र चामुण्डा बिन्द्रासैनि नगरपालीकाका ३ सय ५९ जना गरि जिल्लाभरबाट कुल २ हजार ६० जना मृत्यू भैैसकेका व्यक्तीहरुको मतदाता नामावलीबाट नाम हटाईएको हो ।

आगामी बैशाख ३० मा आसन्न स्थानीय तह निर्वाचनको मिती तोकीएसंगै निर्वाचन कार्यालयले आफ्ना तयारीहरुलाई तिब्र बनाएको जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ ।

आगामी स्थानीय तह निर्वानमा भाग लिन मतदाता नामावली अनिवार्य भएपछि जिल्ला निर्वाचन कार्यालय दैलेखले उमेर पुगेका सबै नागरिकलाई मतदाता नामावली बनाउन आग्रह गरेको थियो ।

जिल्लामा अन्तीम नामावली तयार गर्ने प्रयोजनका लागी कार्यालयले यहि फागून १९ देखी २६ गतेसम्म मतदाता नामावली अद्यावधीक तथा दावी विरोधका लागी सुचना समेत निकालेको थियो ।

सोही क्रममा जिल्लाका ५९ जना मतदाताहरुको नामावलीमा रहेको त्रुटी सच्याईएको र ५१ जनाको दोहोरो परेको मतदाता नावली हटाईएको जिल्ला निर्वाभन कार्यालय दैलेखले जानकारी दिएको छ ।

कार्यालयका अनूसार हाल जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराएका कुल मतदाताको सङख्या १ लाख ६१ हजार १ सय २० रहेको छ ।

Next Post

एमसीसी माथिको व्याख्यात्मक टिप्पणी लाज छोप्ने टालो हो : अध्यक्ष लिङ्देन

२८ फाल्गुन २०७८, शनिबार ०८:१८
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाबाट पारित गरिएको व्याख्यात्मक अमेरिकी मिलेनियम च्यालेञ्ज कार्पोरेसन (एमसीसी) लाज ढाग्ने टालो भएको टिप्पणी गर्नुभएको छ । आमसभालाई सम्बोन्धन गर्न सुर्खेत आइपुगेका अध्यक्ष लिङ्देनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोप समेत लगाउनु भएको हो । ‘देशका प्रमुख […]

सम्बन्धित समाचार