दैलेखको महाँबु गाउँपालिका अध्यक्ष ,कर्मचारी र व्यापारी सहित ५ जना लाई कोरोना पोजेटिभ

अति आवश्यक बाहेकका दैनिक क्रियाकलापहरु ७ दिनको लागि बन्द

चक्र प्रसाद पोख्रेल २३ बैशाख २०७८, बिहीबार १५:४३

दैलेख :दैलेखको महाँबु गाउपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाही सहित ५, जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

बिहिवार महाबु हस्पिटलमा (कोभिड-१९) को एन.टि.जेन चेक गर्दा अध्यक्ष शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत रणबहादुर के.सि एम्बुलेन्स चालाक, हरी बुढा, व्यापारी देवबहादुर शाही, गजेन्द्र नेपाली लागाईत ५, जनालाई कोरोना पोजेटिभ भएको महाबु हस्पिटलका डाक्टर .शिशिर गिरी र स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दसौदिले जानकारी दिए ।

कोरोना संक्रमण देखिएपछी गाउँपालिकाले पालिकाको कार्यालय र मातहतका स्वास्थ्य शाखा बाहेकका विषयगत शाखाहरु र वडा कार्यलायहरुबाट प्रदान गरिने अति आवश्यक बाहेकका दैनिक क्रियाकलापहरु ७ दिनको लागि सुचना नै निकालेर बन्द गरेको छ ।

हेर्नुहोस सूचना

 

Next Post

बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

२३ बैशाख २०७८, बिहीबार १५:४३
काठमाडौं : बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ ः ४५ मा उनको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले […]