जयाकुमारीको हराएको १० तोला सुन भेटीयो

कर्णालीदृष्टी संवाददाता २३ बैशाख २०७९, शुक्रबार ०६:४९

सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ यरीचोकबाट हराएको १० तोला सुन र नौ हजार रुपैयाँ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोटको शान्नित्रिवेणी–४ घरभएकी जयाकुमारी देवकोटाको सुन र नगद रुपैयाँ फेला पारेको हो ।

जयाकुमारीले वैशाख २० गते साँझ ५ बजेको समयमा कालिकोटदेखि वीरेन्द्रनगर झरेर अटो चढ्ने क्रममा अटोमै सुनसहितको झोला छुटेको भन्दै खोजिदिनका लागि प्रहरीकहाँ वैशाख २१ गते निवेदन दिएकी थिइन ।

उक्त निवेदनका अनुसार प्रहरी सहायक हवलदार विमल घर्तीसहितको सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–३ तातापानीबाट सुन र नगद रुपैयाँ फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार सादा पोसाकमा खोजी कार्य गर्दै जादा वीरेन्द्रनगर–३ तातापानी हरिडिल भूमिस्थित सुकुमा तिरुवाको घर भाडामा बस्ने दैलेख नौमुले गाउँपालिका ८ घर भएका ३० वर्षीय कविराज सुनारको कोठाभित्र फेला पारि जयाकुमारीलाई बुझाएको छ ।

# Makalukhabar

Next Post

घरको जग हाल्दै गर्दा आएको सुक्खा पहिरोमा परि जुम्लामा ले दुई जना बालकको मृत्यू

२३ बैशाख २०७९, शुक्रबार ०६:४९
जुम्ला – जुम्लामा घरको जग हाल्दै गर्दा आएको सुक्खा पहिरोले दुई जना बालकको ज्यान गएको छ । तिला गाउँपालिका २ का रणबहादुर बोहराको घरको जग हाल्दै गर्दा पहिरो खस्दा खेलिरहेका दुई बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ज्यान गुमाउनेमा रणबहादुर बोहराका तीन वर्षीय छोरा शिशिर र […]

सम्बन्धित समाचार