नारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

कर्णालीदृष्टी संवाददाता २० जेष्ठ २०७९, शुक्रबार ०६:२२

दैलेख । दैलेखको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनीहरूको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । पालिकाभित्रका ११ वटै वडाका त्यस्ता एक सय ८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको बजेटबाट उनीहरूको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखाप्रमुख लालबहादुर खड्काले जानकारी दिए । उनका अनुसार निःशुल्क बीमाका लागि सात लाख ५४ हजार छ सय रूपैयाँ खर्च भएको छ । नारायण नगरपालिका ५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको उनले बताए ।

यस्तै मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उनीहरूसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए । नगरप्रमुख शर्माले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्तामार्फत सेवा दिँदै आएको जानकारी दिए ।

Next Post

खानेपानि बिस्तारको कार्यलाई तिब्र पार्दै चामुण्डाबिन्द्रासैनि नगरपालिका

२० जेष्ठ २०७९, शुक्रबार ०६:२२
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिकाले नागरिकहरुलाई स्वच्छ खानेपानिको पहुँचमा पुर्याउनका लागि मजुवा खानेपानि आयोजना विस्तारको कार्यलाई तिब्र बनाएको छ । नागरिकहरुलाई खानेपानिको सुबिधा उपलब्ध गराउने लक्ष्य सहित (छिमेकि) भैरवी गाउँपालिकाको वडा नं ७ स्थित मजुवा देखी चामुण्डा विन्द्रासैनीको नगरपालिका ९ नम्बर वडा (डंसुर) सम्म करिव ३६ किलोमिटरको दुरीमा रहेको […]