सल्यानमा किवी खेतीप्रति किसानको आकर्षण बढ्यो

कर्णालीदृष्टी संवाददाता ६ पुष २०७८, मंगलवार ०६:४२

सल्यान । पछिल्लो समय सल्यानमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बाँझो हुँदै गएको जग्गामा लगाइएको किवीले राम्रो उत्पादन हुन थालेपछि किसानको आकर्षण बढ्दै गएको हो ।

विरूवा लगाएको एक वर्षपछि नै उत्पादन दिने भएकाले पनि किसानहरु व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन । अन्य अन्नबालीभन्दा झन्डै तीन गुणा बढी प्रतिफल किबीबाट लिन सकिने छत्रेश्वरी गाउँपालिका–२ बुराँसेका चित्रबहादुर केसीले बताउनुभयो । उहाले यो वर्ष २० क्विन्टल किवी बिक्री गरेको बताउनुभयो ।

व्यापारीले बोटबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गरेको केसीले जानकारी दिनुभयो । सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका सबै घरधुरीले किवी खेती सुरु गरेको उहाको भनाइ छ । थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि गाउँलेहरुमा बिस्तारै व्यावसायिक खेतीमा लागेको उहाको भनाइ छ ।

बुराँसेकै तेजबहादुर योगीले पनि करिब चार रोपनी जग्गामा किवी खेती गर्दै आइरहनुभएको छ । सल्यानमै पहिलो पटक व्यावसायिक किवी खेती सुरु गरेका योगीले किवीबाट वार्षिक ३ देखि ४ लाख रपैयाँ आम्दानी गर्दै आइरहेको बताउनुभयो । कोरोना महामारीका कारण दुई वर्ष बजारीकरणमा समस्या भए पनि यो वर्ष भने समयमै किवी बिक्री भएको उहाको भनाइ छ ।

किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । किवी खेतीलाई प्रवर्द्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताउनूभयो । उहाका अनुसार जिल्लामा अहिले १६ हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती हुँदै आइरहेको छ ।

Next Post

ध्रुबतारा एफएम १३ औ बर्षमा प्रबेश

६ पुष २०७८, मंगलवार ०६:४२
दैलेख । ध्रुबतारा सञ्चार सहकारी सस्थाद्धारा सन्चालीत रेडीयो ध्रुबतारा सामुदायीक एफएम ८९.८ मेगाहर्ज आजदेखी १३ औ बर्षमा प्रबेश गरेको छ । बिक्रम संवत २०६६ साल पौष ६ गतेदेखी आफ्नो प्रसारणको सुभारम्भ गरेको रेडीयो आजदेखी १२ बर्ष पुरा गरी १३ औ बर्षमा प्रबेश गरेको हो । “पश्चिम नेपालको समाबेशी आवाज” भन्ने नारासहित […]