एकैदिन १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

कर्णाली दृष्टि संवादाता २ जेष्ठ २०७८, आईतवार १६:५५

काठमाडौं :कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

Next Post

काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा जेठ २० सम्म परीक्षा गरिसक्नुपर्ने

२ जेष्ठ २०७८, आईतवार १६:५५
काठमाडौ :काठमाडौ महानगरपालिकाभित्रका विद्यालयले आउँदो जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति निकालेर जेठ २० गतेसम्ममा परीक्षा लिएर जेठको मसान्तसम्ममा नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएका हुन । यस्तै असारको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत महानगरपालिकाले निर्देशन दिएको छ । […]

सम्बन्धित समाचार