आजदेखी शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

कर्णालीदृष्टी संवाददाता २१ पुष २०७८, बुधबार ०७:२४

काठमाण्डौ – आज बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मङ्गलवार रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव बुधबारदेखी शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकाल्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य असर देखिइसकेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । सुदूरपश्चिममा आजदेखी पानी पर्न थाल्ने उहाँले बताउनुभयो । आइतवारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

यो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना छ । सामान्य प्रभाव भने देशभरि नै पर्नेछ ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

Next Post

दैलेखको लोहोरेमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु‚ आठ जना घाइते

२१ पुष २०७८, बुधबार ०७:२४
दैलेख । दैलेखमा जिप दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ भने अन्य आठ जना घाईते भएका छन । जिल्लाको भगवतिमाई गाउँपालिकाको वेस्तडादेखि दैलेख बजार आउँदै गरेको लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका–११ लोहोरेमा आज बिहान करिब ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा गाडी मालीक भगवतिमाई–१ का […]