काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा जेठ २० सम्म परीक्षा गरिसक्नुपर्ने

कर्णाली दृष्टि संवादाता २ जेष्ठ २०७८, आईतवार १८:४६

काठमाडौ :काठमाडौ महानगरपालिकाभित्रका विद्यालयले आउँदो जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति निकालेर जेठ २० गतेसम्ममा परीक्षा लिएर जेठको मसान्तसम्ममा नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएका हुन ।

यस्तै असारको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत महानगरपालिकाले निर्देशन दिएको छ ।

अनलाइन र अफलाइन एवम् टेलिफोन, मेलमार्फत प्रश्न पठाएर लगायत विधि अपनाएर विद्यालय अनुकूल हुने गरी परीक्षा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

 

Next Post

नवनियुक्त कर्णालीका दुई मन्त्रीले लिए शपथ

२ जेष्ठ २०७८, आईतवार १८:४६
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून एवं युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन् । सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री शर्मा र नेपालीलाई पद […]