कर्णाली दृष्टि संवाददाता २० चैत्र २०८०, मंगलवार २२:१८

सुर्खेत । भारतमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको छ । नेपालले मंगलबार भएको खेलमा भारतीय स्टेट टीम बरोडालाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा २० ओभरमा १२९ मा समेटिएको हो । बरोडाका लागि भानु पानियाले ३८ र बाबा खानले २७ रन बनाए पनि जीत निकाल्न सकेनन् । नेपालको जीतमा करण केसीले ३, सोमपाल कामी र अविनाश बोहोराले २(२, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान १(१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अविजित ४० रनको सर्वाधिक इनिङ खेले । बरोडाका लागि बाबा खानले २, परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १(१ विकेट लिए ।

नेपालले तेस्रो खेल भोलि गुजरातसँग खेल्नेछ । पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो ।

Next Post

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ काे काम सुरु

२० चैत्र २०८०, मंगलवार २२:१८
दैलेख । भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ। ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ। विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो। अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो। त्यसका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएका ठूला […]