दैलेखको महाबु गाउँ कार्यपालिका सदस्य ईद्र सुनार र स्थानीय जस्मादेबि शाहीको कोरोनाबाट मृत्यु

कर्णाली दृष्टि संवाददाता ४ जेष्ठ २०७८, मंगलवार १३:४२

दैलेख : महाबु गाउँपालिकाको नव निर्वाचित कार्यपालिका सदस्य ईन्द्र बहादुर सुनारको र जस्मा देबि शाहीको कोरोना बाट मृत्यु भएको छ ।

महाबु गाउँपालिका गाउँकार्यपालिकाका सदस्य एवम् वडा नं.२ का वडा सदस्य ईन्द्र बहादुर सुनारको जेठ ४ गते कोरोनाबाट मृत्यु भएको छ, करिब एक महिनादेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउदै गर्दा जेठ ३ गते सोमबार राति निधन भएको हाे ।

त्यसैगरी वडा नं. १ खरीगैरा निवासी जस्मादेबी शाहीको बैशाख २८ गते मंगलबार खरिगैरा स्वास्थ्य चौकीमा एन्टिजेन्ट प्रबिधिबाट स्वाब लिदा रिपोर्ट पोजेटिभ आएपछि होम आईसोलेसन बसेको एक हप्ता नपुग्दै जेठ ३ गते सोमबार शाहिको कोरोना बाट निधन भएको हो।

महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले र सोही वडाका वडा अध्यक्ष रामकृष्ण गुरुङले मृतक ईन्द्र बहादुर सुनारको असामुयिक निधन भएको हुँदा यस दु:खद घडीमा शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।!!!

 

 

Next Post

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित

४ जेष्ठ २०७८, मंगलवार १३:४२
काठमाडौं :कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको […]