सुर्खेतमा सवारी दुर्घटना ; सात जना बढी घाइते !

अधिकाँश सामान्य घाइते

कृष्णा शर्मा ३० भाद्र २०७८, बुधबार १३:२९

सुर्खेत –रेडियो नेपाल चौकमा सवारी दुर्घटनामा सात जना बढी घाइते भएका छन् ।

सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएकाहरूको अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार गाडीमा २१ जना यात्रु सवार थिए । यीमध्य अधिकाँश सामान्य घाइते रहेको र चार जनाको गम्भीर रहेपनि पहिचान खुलेको छैन् । घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

 

Next Post

अव्यवस्थित ताररपोलहरू ७ दिनभित्र हटाउन सुर्खेत प्रशासनको ‘अल्टिमेटम’

३० भाद्र २०७८, बुधबार १३:२९
सुर्खेत – अव्यवस्थित ताररपोलहरू ७ दिनभित्र हटाउन सुर्खेत प्रशासनको ‘अल्टिमेटम’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अव्यवस्थित तार र पोलहरूले सहरको सौन्दर्य घटाएको भन्दै ७ दिनभित्र यस्ता तार र पोलहरू हटाउन सुर्खेत प्रशासनले ‘अल्टिमेटम’ दिएको छ। इन्टरनेट, केबुल नेटवर्क, विद्युत्का जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोग नभएका अनावश्यक तारहरू हटाउन र व्यवस्थित […]