दैलेखमा ३४ प्रतिशत रोपाइँ सम्पन्न

कर्णालीदृष्टि संवाददाता १६ असार २०८२, सोमबार २२:३९

दैलेख । दैलेख जिल्लामा ३४ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विकास कार्यालय अनुसार जिल्लामा ३४ प्रतिशत रोपाइँ सकिएको हो ।

यो वर्ष मनसुन छिट्टै भित्रिएको पानीको सुविधा भएकाले यसवर्ष रोपाइँ चाडै सुरु भएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरत पाण्डेले बताए । जिल्लामा करिब सात हजार नौ सय २५ हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाइँ हुने गरेको उनले बताए । विगतका वर्षहरुमा असार १७ सम्म २८ प्रतिशत रोपाइँ हुने गरेको भए पनि यो वर्ष जेठ महिनादेखि नै पानी परेका कारण किसानहरुले समयमै धान रोपाइँ सुरु गरेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष ६ प्रतिशत बढी रोपाइँ सकिएको कार्यालय जनाएको छ ।

यस्तै उत्पादनत्व वृद्धि गर्नमा सरकारले किसान र कृषि उत्पादन केन्द्रित नीति बनाउनु पर्ने नारायण नगरपालिका दैलेखका कृषि अधिकृत खेमराज शर्माले बताए । उनले उत्पादनले बढाउन राज्यले लगानीमा जोेड दिनुपर्ने बताए ।

Next Post

कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णय, प्रदेश अस्पतालकाे निर्देशकमा थापा नियुक्त

१६ असार २०८२, सोमबार २२:३९
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीलाई प्रदेश सचिवहरूको पदस्थापन तथा सरुवा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूलाई आवश्यकतानुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र सो सम्बन्धी जानकारी राजपत्रमा प्रकाशित गर्ने जिम्मेवारी मुख्यमन्त्रीलाई दिने निर्णय गरेको हो । यसअघि सचिवहरूको पदस्थापन मन्त्रिपरिषद्को निर्णयबाट मात्र हुने प्रावधान […]