दाङ :प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हराएको छ ।दाङको देउखुरी क्रिकेट मैदानमा प्रदेश २ ले दिएको ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर १ बलमा मात्रै १ विकेट गुमाएर भेट्टायो ।
लुम्बिनीका लागि गीता गोसाइले २३, सरस्वती जीएमले २२ र नेरी थापाले १५ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ ले अनुराधा चौधरी र साना प्रविनको समान २१र२१ रनको मद्दतमा ७७ रन बनाएको थियो । प्रदेश २ लाई ७७ रनमै समेट्न लुम्बिनीका सुस्मिता भुसाल एक्लैले ३ विकेट लिइन ।