५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया सुरु

कर्णालीदृष्टी संवाददाता १९ माघ २०७८, बुधबार ०९:३१

काठमाण्डौ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । सरकारले अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको फाइजर खोप ल्याउनका लागि प्रक्रिया सुरु गरेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले चैत मसान्तसम्म ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप आइसक्ने  बताउनुभयो ।

उहाँले हिजो र अस्ति गरी आएको मोडर्नाको २३ लाख ४० हजार मात्रा खोप भने १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई लगाइने जानकारी दिनुभयो ।

चौरसियाले हाल जारी खोप अभियान अन्तर्गत नै पठाइने र पहिलो मात्रा लगाएकालाई पहिलो मात्रा र दोस्रो मात्रा लगाउनेलाई दोस्रो मात्रा लगाइने पनि बताउनुभयो ।

Next Post

सुत्केरी महिलाको हेलीकप्टरमार्फत उद्धार

१९ माघ २०७८, बुधबार ०९:३१
दैलेख । दैलेखको आठबिस नगरपालीकाकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । मंगलबारदेखी नै सुत्केरी व्यथा लागेर थलिएकी आठबिस नगरपालीका वडा नम्बर ८ दह निवासी हिरा वडुवाललाई बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी सुर्खेत लगिएको हो । २४ बर्षीय बडुवालले स्थानीय प्राथामीक स्वास्थ्य केन्द्र ठाटीकाँधमा मंगलबार […]