दैलेख । जिल्लाको महाँबु गाँउपालिका वडा नं. ५ काशिकाँध चुनटाकुरा बस्ने वर्ष १७ की संगिता विकले आत्महत्या गरेकी छन् ।
आइतबार साझ ६ बजे घरपरिवार कोहि नभएको बेला बिकले आफ्नै घरको कोठा भित्र काठको बलोमा कपडाको सलले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजित सुनारले जानकारी दिए ।
उक्त घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दैलेखको टोलि गई घटनास्थलमा शव जाँच मुचुल्का गरी सोमबार शव परिक्षणको लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा राखिएको सुनारले बताए


