भैरबी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

कर्णालीदृष्टी संवाददाता ९ मंसिर २०७८, बिहीबार ०८:१८

दैलेख । दैलेखको भैरबी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले एमबिबिएस पढ्ने एक जना विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने भएको हो ।

गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि सम्पूर्ण भर्ना शुल्क तथा अध्ययन शुल्क रकमको ९० प्रतिशत रकम छात्रबृति स्वरुप प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पंगालीका अनुसार आर्थिक बर्ष २०७८÷७९ को स्वीकृत बार्षीक कार्यक्रम अनुसार नेपाल भित्रका विश्वविद्यालयबाट एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि प्रवेश परीक्षा उर्तिण गरेका गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुले छात्रबृति प्राप्त गर्नका लागि गाउँपालिकामा निवेदन दिन सक्नेछन् । यहि मंसिर १३ गतेभित्र निवेदन दिन सकिनेछ ।

छात्रबृति एमबिबिएस (मेडिकल अधिकृत) अध्ययन गर्ने विद्यार्थीले अध्ययन पुरा गरेपछि कम्तीमा ७ बर्षसम्म भैरबी अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पंगालीले जानकारी दिनुभयो ।

Next Post

दैलेखमा मेला हेर्न गएका एक जनाकाे भिरबाट खसेर मृत्यु

९ मंसिर २०७८, बिहीबार ०८:१८
दैलेख । दैलेखमा मेला हेर्न गएका एक युवककोे मृत्यु भएको छ । बिहिबार जिल्लाको भगवतीमाई गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय युवकको मेला हेर्न गएको समयमा भीरबाट खसेर घाइते भई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यलयले भगवतीमाई गाउँपालिका–३ सान्तडामा लाग्ने स्थानीय परम्परागत मेला हेर्न गएका […]