महाबूका गर्भवती महिलाहरुलाई पोषण कोशेली र जेष्ठ नागरीकलाई ब्ल्याङ्केट वितरण

कर्णालीदृष्टी संवाददाता १६ फाल्गुन २०७८, सोमबार १८:४७

दैलेख । दैलेखको महावू गाउपालीकाले पालीका भित्रका गर्भवती महिलाहरुलाई पोषण कोशेली र जेष्ठ नागरीकलाई ब्ल्याङ्केट वितरण सूरु गरेको छ ।

सोमबार गाउपालीकाको वडा नम्बर ३ का गर्भवती महिलाहरुलाई पोषण कोशेली र सोही वडाका जेष्ठ नागरीकहरुलाई ब्ल्याङ्केट वितरण गर्दै उक्त कार्यक्रमको सूरुवात गरिएको गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत भोलाराम पंगालीले जानकारी दिनुभयो ।

“उपाध्यक्ष गर्भवती पोषण कोशेली” कार्यक्रम अन्र्तरगत वडा नम्बर ३ का गर्भवती महिलाहरुलाई पोषण कोशेली वितरण गरिएको गाउपालीकाका स्वास्थ्य शाखा संयोजक रमेश कुमार दशौदीले जानकारी दिनुभयो ।

उहाका अनूसार वडा नम्बर ३ बाँसिका ६१ जना गर्भवती महिलाहरुलाई पोषण कोशेली अन्र्तरगत १ थान झोला, २ प्याकेट खाने तेल, २ वटा कपडा धुने साबुन, २ वटा नुहाउने साबुन, १ प्याकेट नुन, १ केजी चना लगाएतका पोषणयुक्त खाना वितरण गरिएको छ ।

उक्त कार्यक्रम अन्र्तरगत पालीका भित्रका ६ वटै वडामा रहेका गर्भवती महिलाहरुलाई पोषण कोशेली वितरण गरिने स्वास्थ्य शाखा संयोजक दशौदीको भनाई छ ।

गत पौष मसान्तसम्म गर्भवती परिक्षणका लागी स्वाथ्य सस्थामा आएका महिलाहरुको सङ्ख्याको आधारमा पालीका भित्रका कुल २ सय ८० गर्भवती महिलाहरुलाई पोषण कोशेली वितरण गरिने छ ।

कुपोषण न्यूनीकरण तथा पोषण अवस्थामा सुधार ल्याउने उद्येश्यका साथ सूरु गरिएको पोषण कोशेली वितरण कार्यक्रममा स्वास्थ्य तथा सरसफाईमा ध्यान दिने, गर्भवती महिलाहरुलाई नियमित स्वाथ्य जाँच गराउने लगाएतका बिषयमा अनुशिक्षण पनि प्रदान गरिएको थियो ।

यसैबचि महावू गाउपालीकामा रहेका जेष्ठ नागरीकहरुलाई ब्ल्याङ्केट वितरण कार्य पनि सूरु गरिएको छ । सोमबार नै गाउपालीकाको वडा नम्बर ३ बासिका २३ जना जेष्ठ नागरिकहरुलाई सोमबार ब्ल्याङ्केट गरिएको छ  ।

जेष्ठ नागरीकलाई ब्ल्याङ्केट बितरण कार्यक्रम अन्र्तरगत पालीका भित्रका सबै वडाका गरि कुल १ सय ३० जना जेष्ठ नागरीकहरुलाई ब्ल्याङ्केट वितरण गरिने गाउपालीकाले जनाएको छ ।

वडा नम्बर ३ बासिका वडा अध्यक्ष हिरासिंह बडूवालको अध्यक्षतामा महाबू गाउपालीकाका अध्यक्ष जंग बहादूर शाही, उपाध्यक्ष प्रेम कुमारी बुढा, प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगाली, स्वाथ्य शाखा संयोजक रमेश कुमार दशौदी, पोषण सहजकर्ता डिल कुमारी रोकाय लगाएतको उपस्थितीमा गर्भवती महिलाहरुलाई पोषण कोशेली तथा जेष्ठ नागरीकहरुलाई ब्ल्याङ्केट वितरण गरिएको र अन्य वडाहरुमा पनि आगामी दिनहरुमा बितरण गरिने गाउपालीकाले जनाएको छ ।

Next Post

कर्णाली प्रदेश सभा बैठक कार्यसूचीमै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित

१६ फाल्गुन २०७८, सोमबार १८:४७
सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको दशौं बैठक कार्यसूचीमै प्रवेश नगरी आगामी बुधबार सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सभाको सोमबारको बैठक कार्यसूचीमै प्रवेश नगरी आगामी बुधबारसम्मका लागि स्थगित भएको हो । कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको […]