मकैमा घोगा नलागेपछि जाजरकोटका किसान मर्कामा

मकैको बोट फाँडेर पशुचौपायालाई

कृष्ण शर्मा २८ श्रावण २०७८, बिहीबार २०:१५

 

कृष्ण शर्मा सुर्खेत – मकैमा घोगा नलागेपछि जाजरकोटका किसान मर्कामा परेका छन ।

राम्रो उत्पादन गरेर मनग्य आम्दानी गर्ने उद्देश्य लिएर देउती मकैको बिउ रोपेका भेरी नगरपालिका– २ का स्थानीयहरू मकैमा घोगा नलागेपछि मर्कामा परेका छन् । कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलाग्दा कृषकहरू पीडित भएको बताएका छन् ।

करिब २० लाखबराबरको अनुदान सहयोग लिएका बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा, तातोपानी र दारालगायका क्षेत्रका सहकारी, कृषक समूहले लगाएको मकैमा घोेगा नलाग्दा मकैको बोट फाँडेर पशुचौपायालाई खुवाएको कृषक विर्खबहादुर कार्कीले बताए ।

मकैको ब्लक क्षेत्रमा वितरण २० लाख रकममध्ये समूहलाई तीन लाख ५० हजारका दरले, व्यक्तिगत फर्मलाई रु। ५० हजार र सहकारीलाई ६ लाखका दरले कृषि विकास कार्यालयले बजेट सहयोग गरेको थियो । उक्त बजेटमा कृषक समूह, सहकारीले समेत बजेटमा ५० प्रतिशत आफ्नोतर्फबाट रकम जम्मा गरेका थिए ।

मकैको मूल बिउ दैलेखबाट ल्याएको र उन्नत बिउ रेडपान्डा सहकारी संस्था भेरी– २ तिलिङगेबाट ल्याएको कार्कीले बताए । मूल बिउ १०० किलो, उन्नत बिउ पाँच सय २० किलो खरिद गरेर ८५ जना कृषकलाई सानो चौतारी सहकारी संस्थाले वितरण गरेको कार्कीले बताए ।

अनुदान रकम पाएर उन्नत बिउ र मूल बिउको नाममा लगाएका अधिकांश अन्य ठाउँमा समेत यही समस्या आएको बताइएको छ । बिउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताए । मकैमा घोगा नलागेको सूचना आफूसम्म पनि पुगेकाले त्यसको विषयमा थप अनुगमन हुने उनले बताए ।

Next Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

२८ श्रावण २०७८, बिहीबार २०:१५
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ सपथ गराएका हुन्। प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप […]