लोकसेवाद्धारा सबै तहको लिखित परीक्षा स्थगित

कर्णालीदृष्टी संवाददाता १० फाल्गुन २०७८, मंगलवार ०७:०६

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’सूचनामा उल्लेख छ ।

आयोगका अनुसार परीक्षा फागुन १३,वैशाख ९ मा शाखा अधिकृत वा सो सरह प्राविधिकको परीक्षा तालिका थियो ।

Next Post

स्थानीय चुनावका लागि निर्वाचन आयोगले माग्यो ८ अर्ब १४ करोड

१० फाल्गुन २०७८, मंगलवार ०७:०६
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड खर्च भएको […]