प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस

कृष्ण शर्मा ३२ श्रावण २०७८, सोमबार १५:२७

 

काठमाडौं – सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको एक मन्त्रीले  जानकारी दिए।

उनी बीपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री रहेका रामनारायण मिश्रका छोरा हुन्। यसअघि प्रदेश प्रमुखमा राजेश झा रहेका थिए। उनी केपी शर्मा ओली सरकारका बेला नियुक्त भएका थिए।

Next Post

३ हजार ४५१ नयाँ संक्रमित थपिए, ३५ को निधन

३२ श्रावण २०७८, सोमबार १५:२७
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। सो अवधिमा ३५ जनाको निधन भएको जनाउँदै मन्त्रालयले २ हजार ४ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको पनि […]