३ हजार ४५१ नयाँ संक्रमित थपिए, ३५ को निधन

३९ हजार ३ सय ७१ जना कोरोनाका सक्रिय संक्रमित

कृष्ण शर्मा ३२ श्रावण २०७८, सोमबार १७:१९

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा ३५ जनाको निधन भएको जनाउँदै मन्त्रालयले २ हजार ४ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको पनि उल्लेख गरेको छ। सो अवधिमा कूल १५ हजार ६ सय ११ को नमूना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार अहिले नेपालमा ३९ हजार ३ सय ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

Next Post

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

३२ श्रावण २०७८, सोमबार १७:१९
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ९नेफ्स्कुन० को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उत्पादनमुखी काम गर्न आग्रह गरेका हुन् । बचत तथा ऋण सहकारीहरुले […]