उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

कृष्ण शर्मा ३२ श्रावण २०७८, सोमबार १७:४६

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ९नेफ्स्कुन० को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उत्पादनमुखी काम गर्न आग्रह गरेका हुन् ।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोधे, ‘तपाईहरुको लगानी केमा केन्द्रित छ रु घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुलाई आग्रह गरे ।

‘तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु’, मन्त्री शर्माले भने, ‘तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्, कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस्, गरिबी निवारणमा सहयोग गर्नुस् ।’

सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए । कतिपय सहकारीले जनताको पैसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे ।

उनले सहकारीका संस्थापकले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा चार हजार प्रारम्भिक संस्था तथा प्रदेश र जिल्ला बचत संघमार्फत ७ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीमा ३४ लाख व्यक्तिगत सदस्य आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

 

Next Post

सुर्खेतको वीरेन्द्रनगरमा छाडा पशुचौपायले सडक दुर्घटनाको जोखिम

३२ श्रावण २०७८, सोमबार १७:४६
  सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा छाडा पशुचौपायले सडक दुर्घटनाको जोखिम बढेको छ । वीरेन्द्रनगरको बजार क्षेत्रकै सडकमा छाडा पशुचौपाया आउजाउले सवारी सञ्चालनमा असहज भएको छ । मंगलगडी चौकदेखि पश्चिम जुम्लारोड कर्णाली राजमार्ग अन्र्तगत एरिचौक हुदै बांगेसिमलसम्म तथा मंगलगडीदेखि पूर्व रत्न राजमार्ग अन्र्तगत सुब्बाकुनासम्मको एरियामा छाडा पशुचौपायले सवारी […]