राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ हुने

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार २२:२३

काठमाडौं। राष्ट्रियसभामा रिक्त रहेका उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ तोकिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् ।

गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष उर्मिला आर्यालले पदबाट राजीनामा गरेकी थिइन् । अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरुले सहमति भने जुटाइसकेका छैनन् ।

Next Post

तेस्रो टि २० क्रिकेटमा आज नेपाल गुजरात सँग प्रतिस्पर्धा गर्दै

२१ चैत्र २०८०, बुधबार २२:२३
काठमाडौं। एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टि २० खेल खेल्दै छ । यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ ।, खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ । यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो । […]