सुर्खेतको वीरेन्द्रनगरमा छाडा पशुचौपायले सडक दुर्घटनाको जोखिम

कृष्ण शर्मा २ भाद्र २०७८, बुधबार १४:२६

 

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा छाडा पशुचौपायले सडक दुर्घटनाको जोखिम बढेको छ । वीरेन्द्रनगरको बजार क्षेत्रकै सडकमा छाडा पशुचौपाया आउजाउले सवारी सञ्चालनमा असहज भएको छ ।

मंगलगडी चौकदेखि पश्चिम जुम्लारोड कर्णाली राजमार्ग अन्र्तगत एरिचौक हुदै बांगेसिमलसम्म तथा मंगलगडीदेखि पूर्व रत्न राजमार्ग अन्र्तगत सुब्बाकुनासम्मको एरियामा छाडा पशुचौपायले सवारी सञ्चालनमा सकस भएको पाइन्छ । यी एरियामा अत्यधिक सवारी चाप हुन्छ । तर बिच सडकमै छाडा पशुचौपाया बस्न थालेपछि दुर्घटनाको जोखिम बढेको हो ।

सडकमा बसेका तथा आउजाउ गर्ने छाडा पशुचौपायाका कारण सवारी दुर्घटना भएका धेरै उदाहरण समेत छन् । तर छाडा पशुचौपाय नियन्त्रण तथा व्यवस्थापनमा नगरपालिका तथा सम्बन्धित अन्य निकायहरुको ध्यान गएको छैन ।

छाडा पशुचौपाय गाई, गोरु तथा बाछाबाच्छीले सडकमा हिडने र बस्ने गर्दा यातायातका साधन तथा मानिसलाई समेत ओहोरदोहोर गर्न असजिलो भएको स्थानीयको भनाइ छ । यसबिषयमा सम्बन्धित निकायमा जानकारी गर्दा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

Next Post

माधव पक्ष पार्टीको नाम र चुनाव चिह्न टुंग्याउने गृहकार्यमा

२ भाद्र २०७८, बुधबार १४:२६
  काठमाडौं – नेकपा (एमाले) विभाजनको अन्तिम मोडमा पुगेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजनको निर्णायक मोडमा पुगेको हो। ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित नयाँ पार्टी दर्ताको नाम र चुनाव चिह्न टुंग्याउन नेता नेपाल समूहको छलफल बानेश्वरको अर्याल होटलमा सुरु भएको एक नेताले बताए। बैठकमा पार्टी […]