चामुण्डाबिन्द्रासैनि नगरपालिकाले संचालन गर्यो टोल फ्रि नम्बर

कर्णालीदृष्टी संवाददाता ३ असार २०७९, शुक्रबार १६:४७

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले निशुल्क टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । नगरपालिकाका नगरप्रमुख गणेश कुमार शाहीले पदभारग्रहण गर्ने क्रममा नगरमा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने पहिलो निर्णय गर्नुभएको थियो ।

सोहि निर्णय अनुसार नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्रि नम्बर बुधवारबाट सञ्चालनमा आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खनालले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिंज्ञासा गुनासो तथा समस्या भएमा सिधै निशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न नगरप्रमुख शाहीले अपिल समेत गर्नुभएको छ ।

गतिशिलता, पारदर्शीता, जवफदेहीता सुशासनका लागि पहिलो निर्णय अनुरुप निशुल्क टोल फ्री नम्बर संचालनमा ल्याईएको उहाको भनाई छ । स्थानीय तहको बिकास र समृद्धिका बिषयमा हातेमालो गर्नुका साथै जनताका समस्या र गुनासो सम्बोधनका लागि लागि १६६००१८२२२२ मा सम्पर्क गरि सहयोग गर्न नगरप्रमुख शाहीले आग्रह गर्नुभएको छ ।

Next Post

दैलेखका एक सय जना व्यबसायिक कृषक पुरस्कृत

३ असार २०७९, शुक्रबार १६:४७
दैलेख । दैलेखमा व्यावसायिक कृषि गरिरहेका कृषकलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय दैलेखले जिल्लाका ११ स्थानीय तहमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने एक सय कृषकलाई पुरस्कृत गरेको हो । जिल्लाका बिभिन्न ठाउमा रहेर व्यावसायिक रूपमा तरकारी खेती गर्ने र समुदायमा उत्प्रेरणा जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने र कृषकहरूलाई प्रोत्साहन […]