एमाले समाजवादी पार्टीमा कर्णाली प्रदेशबाट ७ केन्द्रीय सदस्य

देवी ओली पनि माधव नेपालको नेतृत्वमा

कृष्ण शर्मा ३ भाद्र २०७८, बिहीबार १३:१८

सुर्खेत – एमाले समाजवादी पार्टीमा कर्णाली प्रदेशबाट ७ जना केन्द्रीय सदस्य छनौट भएका छन ।

नेकपा एमाले प्रदेश सभा सदस्य एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओली पनि माधव नेपालको नेतृत्वमा गठित नयाँ पार्टीको केन्द्रीय कमिटीको सदस्यमा चयन भएकी छिन् ।

उनले वैशाख ३ गते माओवादीको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर पछि सच्याएकी थिइन् । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी नाममा दर्ता भएको पार्टीको ८६ औं नम्बरमा केन्द्रीय सदस्यको रुपमा उनलाई राखिएको हो । उनीसँग यसबारेमा कुरा गर्न खोज्दा उनको फोन उठेन । ओलीसँगै प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही पनि नयाँ पार्टीमा लागेका छन् ।

उक्त दलमा केन्द्रीय सदस्यको रुपमा राष्ट्रिय सभा सदस्य नन्दा शर्मा चपाईं पनि चयन भएकी छिन् । उनी राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् । चपाईंसहित जाजरकोटकी रिता रावल, नेकपा एमालेका केन्द्रीय सदस्य रहेका प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही, शेरबहादुर केसी, हंसबहादुर शाही र प्रकाश ज्वाला पनि केन्द्रीय कमिटिमा चयन भएका छन् । कर्णाली प्रदेशबाट ९५ सदस्यीय केन्द्रीय कमिटिमा सात जना चयन भएका हुन् ।

Next Post

प्रदेश प्राप्तिका लागि ज्यान गुमाउने शहिद हरुको सम्झनामा भोली सार्वजनिक विदा 

३ भाद्र २०७८, बिहीबार १३:१८
सुर्खेत– कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउने शहिद हरुको सम्झनामा भोली सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय अनुसार शुक्रबार भोली सार्वजनिक विदा हुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाले ज्यान गुमाएका थिए । उनीहरुको सम्झनामा हरेक […]