दैलेख । दैलेखको दुल्लु नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका भरतप्रसाद रिजाल बिजयी हुनुभएको छ । प्रत्यासि नेकपा एमालेका रुद्र बहादुर शाहीलाई १ सय ३३ मतान्तरले हराउदै रिजाल बिजयी हुनुभएको हो ।
रिजालले ७ हजार ७ सय २५ मत प्राप्त गर्दै बिजयी हुदा उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका शाहीले ७ हजार ७ सय ९२ मत प्राप्त गर्नुभयो ।
यस्तै नगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी विना कार्की बिजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्कालाई ७३ मतले हराउदै कार्की बिजयी हुनुभएको हो ।
उपप्रमुखमा बिजयी कार्कीले ७ हजार १ सय ६० मत पाउँदा उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादीका खड्काले ७ हजार ८७ मत प्राप्त गर्नुभयो । दुल्लुमा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि मेयर नेपाली काँग्रेस र उपमेयर नेकपा एमालेले जितेको थियो ।
दुल्लु नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन गरिएको थियो ।


