प्रदेश प्राप्तिका लागि ज्यान गुमाउने शहिद हरुको सम्झनामा भोली सार्वजनिक विदा 

अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने

कृष्ण शर्मा ३ भाद्र २०७८, बिहीबार १३:३५

सुर्खेत– कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउने शहिद हरुको सम्झनामा भोली सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय अनुसार शुक्रबार भोली सार्वजनिक विदा हुने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाले ज्यान गुमाएका थिए । उनीहरुको सम्झनामा हरेक बर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै आएको छ ।

यस्तै कर्णालीमा यसवर्ष अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ ।

Next Post

एमाले विभाजनसँगै प्रदेश १ सरकार अल्पमतमा

३ भाद्र २०७८, बिहीबार १३:३५
नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ। प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार एमाले विभाजनपछि अल्पमतमा परेको हो। एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ। एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले समाजवादी पार्टी दल दर्ताका […]