सर्लाहीमा बस दुर्घटना २ जनाको मृत्यु, १७ घाइते

चक्र प्रसाद पोख्रेल ८ माघ २०७७, बिहीबार ०८:२५

काठमाडौं :सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

Next Post

 प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसले ७५३ वटै स्थानिय तहका ६ हजार ७४३ वटा वडाहरुमा विरोध गर्ने

८ माघ २०७७, बिहीबार ०८:२५
काठमाडौं :नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशका सबै वडाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ७५३ वटै स्थानिय तहका ६ हजार ७४३ वटा वडाहरुमा एकैसाथ विरोध गर्ने भएको हो ।यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ । यस्तै पुस २५ गते ३३० प्रदेशसभा […]