गजल -भावुक पुष्कर खड्का

भावुक पुष्कर खड्का १९ माघ २०७७, सोमबार ०९:०७

आफ्न‌ै जस्तो नहुने रहेछ यार यो निधार, पनि ।
जस्तो कि को आफ्नो को पराई चिन्दैन तरबार, पनि ।

एउटि तिमी अर्को बा आमालाई धेरै माया गर्छु ।
यहि त हो म गरिबले दिन सक्ने उपहार, पनि ।।

तिम्रा पिडाहरु खुलेआम नछोडे आमा ,,बाहिर तिर ।
बनाईदिन्छन जो कोहिले भेटेपछि समाचार, पनि ।।

तिमिलाई माया गरेको गल्तिमा मलाई जेल हालियो ।
तिम्रो दिलमा बसेजस्तो लाग्छ प्रिया कारागार, पनि ।।

एकैछिन पर्खेको भय बाले दियको आशीर्वाद पाउथे।
ए काल, तैले किन यति धैरै गरेको होस हतार, पनि।।

 

Next Post

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको शानदार जित

१९ माघ २०७७, सोमबार ०९:०७
काठमाडौ: इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनलाई ९ – ० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेडले आफ्नो जित निकालेको हो । जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा रहेको छ । युनाइटेडको […]