नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरलाई

कर्णालीदृष्टी संवाददाता ६ चैत्र २०७८, आईतवार ०६:४७

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन–४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए ।

Next Post

कर्णालीमा धार्मिक पर्यटक भित्र्याउन सकेमात्र समृद्ध कणाली बनाउन सकिन्छः मन्त्री शाही

६ चैत्र २०७८, आईतवार ०६:४७
सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा धार्मिक पर्यटक भित्र्याउन सकेमात्र समृद्ध कणाली बनाउन सकिने बताउनु भएको छ । मन्त्री शाहीले शनिबार सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. २ स्थित निर्माणाधिन शिवशक्ति धाम बहुउद्येश्यि भवन र कुण्डली गुफाको स्थलगत अवलोकन गर्दै यस्तो बताउनुभएको हो […]

सम्बन्धित समाचार