३ महिने सिलाईकटाई तालीमको उद्घाटन

कर्णालीदृष्टी संवाददाता १३ मंसिर २०७८, सोमबार १७:२५

दैलेख । उद्योग तथा हित संरक्षण कार्यालय दैलेखको आयोजना तथा पुर्व प्रहरी संगठन दैलेखको समन्वयमा ३ महिने सिलाई कटाई तालीमको आज (सोमबार) दैलेखमा उद्घाटन गरिएको छ ।

उद्योग तथा हित संरक्षण कार्यालय प्रमुख कल्पना खत्रीको बिशेष सहयोगमा सूरु भएको ३ महिने तालीमको आज (सोमबार) सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी नारायण नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादूर बुढाले उद्घाटन गर्नुभएको हो ।

तालीममा पुर्व अमर प्रहरीका सन्तती र पुर्वप्रहरीहरुका एकल महिलाहरु गरी करिव १२ जनालाई समाबेश गरिएको बताईएको छ ।

तालीम उद्घाटन कार्यक्रममा पुर्व प्रहरी संगठन दैलेखका अध्यक्ष लाल बहादूर गूरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण रन कुमारी थापाले गर्नुभएको थियो ।

नारायण नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादूर बुढाको प्रमुख आतीथ्यतामा भएको कार्यक्रम उद्योग तथा हित संरक्षण कार्यालयका शाखा अधिकृत पर्शुराम आचार्यको अध्यक्षतामा भएको थियो ।

Next Post

दैलेखका ९ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

१३ मंसिर २०७८, सोमबार १७:२५
दैलेख । नेकपा (माओवादी केन्द्र) दैलेखले जिल्लाका ९ वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा आज (सोमबार) सम्ममा जिल्लाका ९ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवाल (विरवल) ले जानकारी दिनुभयो । उहाका अनुसार नेतृत्व […]