माधव र महन्थले आजै नयाँ पार्टीको प्रमाणपत्र पाउने सम्भावना कम

साभार ९ भाद्र २०७८, बुधबार २०:०९

काठमाडौं – निर्वाचन आयोगमा दर्ता भएका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आजै पार्टीको दर्ताको प्रमाणपत्र पाउने सम्भावना कम देखिएको छ।

सनाखत सकिएपछि आयोगले प्रतिवेदन तयार पार्ने काम भइरहेकाले आजै प्रमाणपत्र दिन सक्ने या नसक्ने भन्ने कुनै निर्णय नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

उनले भने, ुकुनै निर्णय भइसकेको छैन। आजै प्रमाणपत्र दिने भन्ने निश्चित भइसकेको छैन। काम भइरहेको छ। काम सकियो र अन्य केही कारणले रोकिएन भने आजै हुनसक्छ।ु

कार्यालय समय सकिए पनि सनाखतपछि आयोगका कर्मचारी प्रतिवेदन तयार काममा लागिरहेको उनले बताए।

Next Post

आचरण सुधार्नुपर्ने निष्कर्षपछि प्रशिक्षक अल्मुताइरीले लेखे, ‘आइ एम आउट’

९ भाद्र २०७८, बुधबार २०:०९
  काठमाडौं – राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले प्रतिवेदन दिए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । पोखरामा प्रशिक्षण गराइरहेका प्रशिक्षक अल्मुताइरीलेल एक लाइनको स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आइ एम आउट।।लेट पोलिटिक्स वर्क ।’ […]